भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ बिचौलिया बनेर २९ रोपनी जग्गा हडपेको प्रहरी दाबी

काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। ‘मीनबहादुरले २९ रोपनी जागा हडपेको खुल्छ,’ बज्राचार्यले भनिन्। गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा…