पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकतामा राखेको छौं – पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड - १९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र…