काठमाडौं - एमालेले गृहमन्त्री ओमप्रकाश अर्यालले राज्यविरुद्धको अपराध गरेको भन्दै तत्काल गिरफ्तार गर्न माग गरेको छ । एमाले नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा वर्तमान गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरेर कारबाही गरिनुपर्ने माग गरेका हुन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उत्प्रेरक रहेको…