काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झा ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परिणाम आफ्नो पक्षमा आए वा नआए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुने स्पष्ट पारे। झाले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, विचारको बहस र लोकतान्त्रिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै महामन्त्री पदमार्फत पार्टी संगठनलाई…