नदी किनाराको निर्माण सामग्री व्यवस्थापनमा महानगर

काठमाडौं । रुद्रमती (धोबीखोला) नदी किनारास्थित देवीनगर क्षेत्रका अव्यवस्थित तथा जोखिमयुक्त बस्ती हटाउने क्रममा निस्किएको निर्माणजन्य सामग्रीको व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाले गरिरहेको छ। नदी किनाराको अतिक्रमण हटाउने अभियानअन्तर्गत संरचना हटाउँदा उत्पन्न भएका इँटा, ढुंगा, फलाम, काठलगायत निर्माण सामग्रीलाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण तथा व्यवस्थापन गर्ने काम भइरहेको महानगरले जनाएको छ। महानगरले नदी किनाराको क्षेत्रलाई सुरक्षित,…