काठमाडौं l सरकारले ताप्लेजुङस्थित मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद तथा समस्याको अध्ययन गरी…