उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा भेटिएका १३ जना कोरोना संक्रमितको यात्रा विवरण (ट्राभल हिस्ट्री) शंकास्पद देखिएको छ । स्थानीय प्रशासनको जानकारीविना उदयपुरको त्रियुगा नगरपालिका-३ पुगेका मुस्लिम धर्मगुरुमा संक्रमण देखिएपछि प्रहरीले ट्राभल हिस्ट्रीको खोजी थालेको छ । तर, तीन दिनयता प्रहरीले हिस्ट्री सार्वजनिक गर्न सकेको छैन । मौखिक रुपमा सार्वजनिक गरिएका ट्राभल हिस्ट्री पनि शंकास्पद छ ।…