दिल्लीबाट फर्किएका दुई जना जमातीको र्यापिड टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि सप्तरीका दुई स्थानीय तहका दुईवडा सिल गरिने भएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब त्यहाँका स्थानीयहरु समेत घर बाहिर निस्कन पाउँदैनन् ।…