उडिरहेको हेलिकप्टरबाट जस्ता खसेपछि !

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका १ काे टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन । प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका…