चिनियाँ दूतावासले सार्वजनिक रूपमा 'द काठमाण्डू पोष्ट' दैनिकले छापेको लेख र त्यसका प्रधानसम्पादकविरूद्ध व्यक्त गरेको कडा शब्दावलीसहितको त्यस्तो विज्ञप्ति कूटनीतिक मर्यादा विपरित भएको १७ जना सम्पादकहरूको नाम रहेको एक संयुक्त वक्तव्यमा उल्लेख छ। 'द काठमाण्डू पोष्ट'ले आफ्नो विचार पृष्ठमा स्थान दिएको एकजना अमेरिकी सुरक्षा तथा विदेश मामिला विज्ञको लेख आफूआबद्ध एशिया न्यूज नेटवर्कको साझेदार कोरियन…