काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री दाहालले एक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । उनले जारी गरेको शोक वक्तव्यमा भनिएको छ काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको…