अछाम– कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चड जीवितै उद्धार भएका छन् । पुलमा फसेका दुईवटा खच्चड भने जीवितै उद्धार हुन सकेनन् । आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो। पुलको छेउ भागमा फसेका तीन वटालाई डोरीले बाँधेर उद्धार गरिएको…