काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको हो । सोमबारका लागि प्रतितोला सुनको मूल्य एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ ।…