नेप्से एकैदिन २२ अंकले बढ्यो

काठमाडौं - कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा उक्लिएको छ। साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्से त्यसपछिका दुई कारोबार दिन सोमबार र मंगलबार घटेको थियो। कारोबारमा आएकामध्ये १९९ स्टक्सको मूल्य बढ्दा ४९ वटाको घट्यो। ३१६ स्क्रिप्सको एक करोड ५८…