करिब १७ प्रतिशतले राजस्व सङ्कलन वृद्धी

काठमाडौं– चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन दर १६.८५ प्रतिशतले बढेको हो । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो।…