काठमाडौं– भारतबाट निर्यात हुन छाडेपनि नेपालमा सुकेको प्याजको मूल्य आकासिएको छ । भारतीय प्याजको अभावमा पछिल्लो समय बजारमा सुकेको प्याजको मूल्य बढ्न थालेको हो । अहिले भारतबाट खासै प्याज आएको छैन । भारतले अनौपचारिक रुपमा प्याज निर्यात रोकेपछि बजारमा प्याज कम पाउन थालेका छन् । जसकारण पछिल्लो एक सातामा प्याजको मूल्य ३० प्रतिशतले बढेको छ…