काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन जोड्यो ।