इंग्ल्याण्डका पूर्वस्ट्राइकर तथा अहिलेका नाम चलेका फुटबल विश्लेषक गेरी लिनेकरले भनेका छन्- फुटबल एक सरल खेल हो। २२ जनाले एउटा भकुण्डोलाई लखेट्छन्, र अन्त्यमा जर्मनहरूले जित्छन्। गत विश्वकपमा लिनेकरको भनाइ ठ्याक्कै मिल्यो। जर्मनी विश्वविजेता बन्यो। विश्वकप फुटबलको २१औं संस्करण जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर सुरू गर्दैछ। ब्राजिल, स्पेन र फ्रान्स पनि जर्मनीजत्तिकै बलिया छन्।…