काठमाडौं– नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हराएको छ । ताजिकिस्तानमा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो । डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए…