काठमाडौँ - कतारबाट काठमाडौं ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई पक्राउ गरेको छ । उनले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमाडौं…