सप्तरीमा सद्भाव र्‍याली: ‘हामीलाई फुटाउने होइन, जोड्ने समाज चाहिएको छ’

सप्तरी । प्रतिनिधि सभा सदस्य डा. अङ्किता ठाकुरको अगुवाइमा सप्तरीमा आइतबार अन्तरधार्मिक सद्भाव, सामाजिक एकता र शान्तिको सन्देश दिँदै सद्भाव र्‍याली निकालिएको छ। र्‍यालीमा विभिन्न समुदाय, स्थानीय नागरिक, सामाजिक अगुवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा नाराबाजी गर्दै आपसी सम्मान र भाइचाराको सन्देश दिएका थिए। र्‍यालीका क्रममा…