सर्लाही । सर्लाहीको बरहथवा बजारमा बाहिरबाट आएर प्रदर्शन, होहल्ला तथा बजारको अवस्था तनावग्रस्त बनाउने प्रयास गरेको आरोपमा चार जनालाई स्थानीयवासी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त पहलमा नियन्त्रणमा लिइएको छ। उनीहरू तीन वटा मोटरसाइकलमा सवार भएर बरहथवा पुगेका थिए। नियन्त्रणमा लिइएका चारै जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखिएको छ। उनीहरूको साथबाट प्रयोग गरिएका तीन वटा…