काठमाडौं– वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले राता मकै ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरेर वातावरणमैत्री इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।…