लकडाउनका कारण समस्यामा परेका मजदुरको कथामा छोटो चलचित्र निर्माण भएको छ । ‘क्रन्दन’ नाम दिइएको उक्त छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका छन् । यस चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् । अहिले मजदुरहरुले भोग्नु परेको समस्यालाई छोटो चलचित्रमार्फत् भन्न चाहेको निर्देशक तिवारीले बताए ।
पछिल्लो समय चलचित्र क्षेत्रमा नायक आकाश श्रेष्ठले आफ्नो स्थान बनाइसकेका छन् । चर्चाको हिसाबमा पनि उनी अगाडि नै छन् । भलै, उनी अभिनित चलचित्रहरुले बक्स अफिसमा कमाल गरेका छैनन् । तर, कुनै न कुनै कुराले आकाशलाई चर्चामा ल्याइरहेको हुन्छ । पछिल्लो समय उनको चर्चा विशेषगरी नायिका पूजा शर्मासँग जोडिने गरेको
बलिउडमा अभिनेताद्वय सलमान खान र शाहरुख खानको नाम उच्च स्थानमा छ । धेरैले उनीहरुलाई प्रतिष्पर्धी भन्ने गर्छन् । तर, सलमान र शाहरुख आफूहरु मिल्ने साथी भएको बताउँदै आएका छन् । यी दुई नायकले सफल चलचित्र ‘करण अर्जुन’मा एकसाथ काम गरे । उक्त चलचित्रपश्चात् सलमान र शाहरुख केही चलचित्रमा सँगै देखिएका
गायक राज के गोश्वामी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘मैले माया गरेँ’ बोलको गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । गीतलाई माया मगरले लेखेकी हुन् । ‘कोशिस २’ एल्बममा समावेश यस गीतमा प्रेमको कुरा गरिएको छ । गीतको अफिसियल भिडियो भने
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका छन् । केही दिन अगाडि नेपाल सरकारले अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । सोही अनुरुप योग्यता पुगेका चलचित्रकर्मीले आवेदन दिएका हुन् । आवेदन दिनेमा निर्देशक दयाराम दाहाल, राजेन्द्र उप्रेती, दिपक श्रेष्ठ, राजेश थापा, अभिनेता भुवन केसी, सोहित मानन्धर,
पछिल्लो समय नायिकामा नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटी खुबै व्यस्त बनिरहेका थिए । उनीहरुको हातमा एकपछि अर्को चलचित्र आइरहेको थियो । यी नायिकाद्वय चलचित्रको छायांकनमा व्यस्त थिए । त्यही समय देशमा लकडाउन भयो । अहिले दुबै फुर्सदिला बनेका छन् । नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन्
केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्ष विहिन बन्यो । उक्त रिक्त पदको लागि अहिले विभिन्न चलचित्रकर्मीहरु भिडिरहेका छन् । सबै आफ्नो शक्ति र क्षमता प्रदर्शन गरिरहेका छन् । अध्यक्ष बन्ने दौडमा निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, सोहित मानन्धर र निर्माता अर्जुन कुमार रहेका छन् । यो दौडमा नायक
कोरोनाको त्रासका कारण अहिले नेपाल लकडाउनमा छ । सबै कलाकारहरु घरमा नै थुनिएर बस्न बाध्य छन् । नायक पल शाह पनि आफ्नो परिवारसँग घरमा नै थुनिएका छन् । लकडाउनमा रहेका पल चलचित्र हेरेर दिन कटाइरहेका छन् । पल भन्छन्, ‘अहिले काम सबै रोकिएको छ । घरबाट बाहिर निस्किने अवस्था नै
नायिका सुहाना थापाले आज जन्मदिन मनाउँदैछिन् । सुहाना आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । चलचित्रकर्मी तथा उनका शुभचिन्तकले सुहानालाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’बाट नै गज्जबको क्रेज बनाउन सकेकी नायिका सुहाना ‘स्टारकिड’ हुन् । उनी सफल नायिका तथा निर्देशक झरना थापा
नायिका वर्षा सिवाकोटीलाई पछिल्लो समय फुर्सद निकाल्न गाह्रो थियो । तर, लकडाउनका कारण उनी अहिले घरमा फुर्सदिलो भएर बसेकी छिन् । त्यसैले पनि होला उनी सामाजिक संजालमार्फत् आफ्ना शुभचिन्तकहरुसँग जोडिरहेकी छिन् । वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरु अन्तरक्रिया गरेकी छिन् । उनले आफ्ना शुभचिन्तकले सोधेको प्रश्नको उत्तर दिएकी छिन् ।