फिल्म ‘रिमै’को छायांकन आजबाट गोरखामा सुरु गरिएको छ । फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका रिश्मा गुरुङले फिल्मका लागि शुभसाइत सर्ट दिएका छन् । खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मलाई एक महिनासम्म गोरखामा खिचिनेछ । यो फिल्मको गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्लेल, गोहरे, चित्रेपोखरी, गोर्खा बजारमा छायांकन हुनेछ…