काठमाडौं– गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धारमा सरकारले बेवास्ता गरेको भन्दै सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् । उद्धारका लागि गुहार गर्दा नेपाली सेनाले धादिङ र नुवाकोटको आकाशमा प्रतिकूल मौसम रहेको कारण हेलिकोप्टर जान नसकेको भनी जानकारी आएको उनले सुनाए । नेता बजगाईँले सोही समयमा प्राइभेट हेलिकोप्टर सेवा प्रदायक कम्पनीले…