काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुने भएको छ । प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन भदौ तेस्रो साता थाइल्यान्डको बैंकक जाने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनबमोजिम भ्रमणको गृहकार्य भइरहेको छ । यही…