काठमाडौं– संसदीय छानबिन विशेष समितिले छलफलका लागि रास्वपाका सभापति रवि लामिछानेलाई बोलाउने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित समितिले सहकारी ठगीका विषयमा रवि लामिछानेलाई छलफलको लागि बोलाउन लागेको हो । समितिले मंगलबार सहकारीका विषयमा पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको थियो । छलफलमा…