जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका केही नेतालाई पार्टीबाट निष्काशन गरेका अध्यक्ष उपेन्द्र यादवले रुखबाट एक दुईवटा बोक्रा झर्दैमा रुख नलड्ने बताएका छन् । वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै यादवले भने, ‘कुनै रुखमा एक दुईवटा बोक्रा झर्दैमा रुख त लड्दैन…