रवि थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा रास्वपाको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भैरहवा पुगेका छन् । संसदीय दलको बैठकका लागि उनीहरू मंगलबार रुपन्देही पुगेका हुन् । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा रास्वपा संसदीय दलको बैठक राखिएको छ । बुधबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दलको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।…