भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार राती काठमाडौंस्थित घरमै ग्यास लिकपछि भएको आगलागीमा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा.भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताए । भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार…