उपमेयरमा सुनिता डंगोललाई ५३ प्रतिशत मत

काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्। महानगरको ३२ मध्ये २९ वडाको अन्तिम गणना सकिँदा डंगोलले ६६ हजार ८७८ मत पाएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.४३ प्रतिशत हो। यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३०३१ मत पाएका छन्। उनले १८.४० प्रतिशत मत पाएका…