सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । त्यस्तै सो पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान…