नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढनुपर्ने बताएका छन् । पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति…