शिक्षामन्त्रीको कुर्सीमा पुगेपछि महावीर पुनले भने– कुहिएका नेतालाई फालौं

काठमाडौं । शिक्षामन्त्री महावीर पुन प्रमुख दलका शीर्ष नेताप्रति आक्रोशित भएका छन् । उनले ठूला दलका नेताहरुलाई कुहिएका नेताको संज्ञा दिएका छन् । पुनले कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठुलो परिवर्तन सम्भव नभएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले योग्य, नैतिकवान् र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न…