चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान ८ः३० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयभन्दा ढिलो भएको छ। बिहान १०ः३० बजेसम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटि का अनुसार चियाखाजालगायत व्यवस्थापकीय कारणले बन्दसत्र थाल्न ढिलाइ भएको हो। कार्यतालिकाअनुसार बन्दसत्रको सुरुवातमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ। आयोगका संयोजक रमाकानत…