गगन नभएको बैठकमा मोहन बस्नेतले संगीन आरोप लगाएपछि…

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस नेता मोहनबहादुर बस्नेत पार्टीकै महामन्त्रीविरुद्ध खनिएका छन् । कांग्रेस केन्द्रीय समितिको बुधबारको बैठकमा पूर्वमन्त्री बस्नेतले महामन्त्री गगन थापाका कारण आफूविरुद्ध अख्तियारले मुद्दा चलाएको आरोप लगाएका हुन्। उनले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै आक्रोश पनि पोखे । जबकि उनले…