काठमाडौं । रवि लामिछाने ले पुराना राजनीतिक दलहरूको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी सजिलो सङ्घर्षबाट उदाएको बताएका छन् । रास्वपाले आफ्ना सांसदहरूका लागि आयोजना गरेको दोस्रो चरणको प्रशिक्षक कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले पुराना दलहरूले लामो राजनीतिक आन्दोलन र सङ्घर्षपछि आफ्नो स्थान स्थापित गरेको स्मरण गराउँदै रास्वपा भने छोटो समयमै जनताको विश्वास जित्न सफल भएको बताउनुभयो…