दलाललाई पैसा बुझाएर अमेरिका गएका ४० नेपाली आज काठमाडौं फर्किंदै

काठमाडौं । दलालहरूलाई मोटो रकम बुझाएर अमेरिका पुगेकामध्ये ४० जना नेपाली आज काठमाडौं फर्किदैछन् । अमेरिकाबाट डिपोर्ट गरिएका उनीहरुलाई चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ । नेपालको अध्यागमन कार्यालयका अनुसार ४० जना नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको…