फेसबुकमा मुख छाड्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री ओली — गाली होइन, सकारात्मक सोच र उद्यमशीलतामा लागौं

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने प्रवृत्ति पारिवारिक तनावको परिणाम भएको बताउँदै युवाहरूलाई तनावमुक्त भइ सकारात्मक सोच अपनाउन सुझाव दिएका छन्। काठमाडौंमा आयोजित ‘आईडिया स्टुडियो’को नवप्रवर्तक युवासँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई परिवर्तनको लागि सक्रिय भइ काम गर्न प्रेरित गरे। उनले असन्तुष्ट भएर सामाजिक सञ्जालमा अरूलाई गाली गर्नु र नकारात्मक…