पूर्वविशिष्टहरूलाई सुविधा दिने विधेयकप्रति शेखरको टिप्पणीः सरकारको अर्को दुष्कर्मको प्रयास

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी सरकारले ल्याउन लागेको विधेयकलाई ‘सरकारको अर्को दुस्कर्मको प्रयास’ को संज्ञा दिएका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने तयारी गरेको छ । डा. कोइरालाले सो विधेयकका विरोध…