काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताबाट हटेपछि वास्तविक रुपमा जनताको प्रधानमन्त्री बनेको महसुस गर्न थालेको बताएका छन् । शनिबार माओवादी केन्द्रले काठमाडौं दोलखा सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू बालुवाटारबाट बाहिरिएपनि अहिले पनि जनताको प्रधानमन्त्री नै रहेको महसुस भइरहने बताए । उनले सत्ताबाट…