काठमाडौं– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिन थालेका हुन् । सहकारी रकम अपचलन प्रकरणमा लामिछाने कार्तिक २ राती पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । पक्राउ परेको रातिनै उनलाई पोखरा लगिएको…