काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषदको ‘परम्परागत सीपमा आधारित युवा सञ्जाल’को अध्यक्षमा राज कार्की सर्वसम्मतरूपमा चयन भएका छन्। कार्कीको कार्यकाल अबको दुई वर्ष रहनेछ। शुक्रबार सानोठीमि स्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा सम्पन्न एक कार्यक्रममार्फत सञ्जालको नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिमा अध्यक्ष राज कार्की, उपाध्यक्ष प्रकाश परियार, महिला उपाध्यक्ष हेमा मल्ल,…