रविको मुद्दामा निरन्तर सुनुवाइ, कस्तो आउला आदेश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सोमबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याएपछि हेर्दाहेर्दैमा राखेर सोमबारलाई सारिएको हो । न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर आज सुनुवाइ गर्ने भएका हुन्…