काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सत्रलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न…