काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो

काठमाडौँ— काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एक इन्जिनमा आगलागी भएको छ। उडेको केही समयमै प्राविधिक समस्या देखिएपछि विमान काठमाडौं फर्किन प्रयास गरिएको थियो। तर केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमानले कोलकातामा आपतकालीन अवतरणको अनुमति लिएर त्यतै अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ। विमान उडेलगत्तै इन्जिनमा समस्या देखिएको र यात्रु…