काठमाडौं- पोखरा महानगरपालिका–२२ का खुसीराम बराललाई कुकुरलाई मोटरसाइकलमा बाँधेर मरणासन्न हुने गरी घिसार्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ। बैदाम प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ। कुकुरलाई मोटरसाइकलमा बाँधेर दौडाइरहेको दृश्यको भिडियो सार्वजनिक भएपछि यस घटनामा चासो थपिएको थियो। त्यसपछि प्रहरी सक्रिय हुँदै ती व्यक्तिको खोजीमा लागेको थियो। पोखरा बजारबाट स्याङ्जातर्फ…