कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए । ‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन…