अमेरिकाबाट एकै दिन ३५ नेपाली निष्कासित, अहिलेसम्म ३१० जनालाई फर्काइयो

काठमाडौं । अमेरिकाबाट दिनप्रतिदिन नेपाली नागरिक निष्कासन गर्ने क्रम बढेको छ । बुधबार एकै दिन ३५ नेपालीलाई निष्कासन गरेको छ । अवैध रूपमा बसोबास गर्दै आएकालाई अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स डिपार्टमेन्ट (आइस) ले पक्राउ गरी उनीहरूलाई नेपाल ल्याई छाडिदिएको छ । अध्यागमनका अनुसार चार्टर्ड विमानमा उनीहरूलाई नेपाल ल्याइएको थियो । ३५ जनामध्ये सबैजसो अवैध रूपमा अमेरिका गएका थिए ।…