०४५ सालसम्म कोसी नदी उदयुपुरको बेल्का नगरपालिका ८ डुम्रीबोटेबाट बग्थ्यो। ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो। नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो। ३४ वर्षपछि बुधबार बिहान कोसी नदी पुरानै बहावमा फर्किँदा बस्तीका मानिसको उठिबास भएको छ। कोसी नदी अचानक बस्ती पसेको भने होइन्। असारको वर्षाले कोसी नदीमा पानीको बहाव बढेपछि पश्चिम बस्तीतिरको…