काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण बनाउन विघटित प्रतिनिधिसभाका राष्ट्रिय मान्यता प्राप्त सात दलसँग छलफल गर्ने भएकी छन् । कार्कीले मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टीलाई आमन्त्रण गरेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । विघटित संसदमा एकीकृत समाजवादी, जसपा,…